हामी अहिले राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ, तर सहनुको विकल्प पनि हुँदैन । सधै जसो राष्ट्रिय राजनीतिक माहोलले सरगर्मी बढ्ने हाम्रो देश कुलमान प्रकरणले यसवेला सडक देखि सदन सम्म तातिरहेको छ ।
के कुलमान अराजक हुन् ? के उनले आजसम्म जुन शैली अपनाएर काम गरेका थिएँ त्यो पूर्णरुपमा संविधान सम्मत छैन ? उनले बढाएका कदम सम्मानयोग्य मात्र नभएर सलाम गर्न योग्य छैन ? कुनै पनि ब्यक्तिको मुल्यांकन उसको कर्मको आधारमा हुनुपर्छ ।
‘रेल, पानी जहाज र घरघरमा ग्यासको पाइपलाइन जोडिदिने’ जस्ता तत्काल पूरा नहुने भविष्यको सपना देखाएर चर्चित भएका होइनन् । दिन दिनै सपनाको सुची थपेर मात्र देश समद्ध हुन्छ र ? उनी त दैनिक भोग्दै आएका आँखैसामुन्नेको पाहाड सरी थुप्रो नागरिकको पिडा (अँध्यारो ) हटाएर, अर्बौं घाटाको प्राधिकरणलाई नाफामा लगेर र विद्युत् चुहावट उल्लेख्य घटाएर स्थापित भएका हुन् ।
हे भगवान ! हाम्रो देशको बेतिथि देख्दै मात्र पनि आंग सिरिंग भएर आउँछ ।प्रधानमन्त्री ज्यू ! सामाजिक सञ्जालमा ति हृदयविदारक तस्विर तपाईंले पनि पक्कै हेर्नुभयो होला । जस्ले देशभक्त काम गर्ने कुलमान खोजिरहेछ । दुईचार दिन सामाजिक संन्जाल रंगिन्छ । सरकार कानमा तेल हालेर सुनेको नसुन्यै गर्छ । बिरोध क्रमश: मत्थर हुन्छ । अन्तमा हराउँछ । त्यसपछि सरकार लाज पचाएर पुरानै शैलिमा जनतामाथि शासन गर्छ । युगौदेखि शासकहरुले आफ्नो स्वार्थपुर्तिका लागि रोपिदिएको स्वार्थलाई हरेक सार्वजनिक निकायहरूमा यस्तै प्रतिभाशाली र क्षमतावान व्यक्ति खोजेर समग्र प्रणालीलाई बलियो बनाउने जिम्मा सरकाको दायित्वमा पर्दैन र ?
म धेरै राजनीति त बुझ्दिनँ तर ब्यक्तिगत रूपमा तपाईँहरुले कुलमान सँग गरेको यस कुराको अख़्तियार गरेको बिचारसँग सहमत छैन । म कुनै पार्टीको कार्यकर्ता पनि होइन । पार्टीगत रूपमा म आफूलाई स्वतन्त्र राख्न चाहन्छु । यसको अर्थ म विचारबिहीन मान्छे पनि होइन । म अग्रगामी हूँ, लोकतन्त्रवादी हूँ । म परिबर्तनमा बिश्वास राख्छु, प्रतिस्पर्धामा बिश्वास गर्छु । कुनै पनि प्रकारको अधिनायकवाद मेरो लागि स्वीकार्य छैन ।
नेता भगवान हुन्, उनीहरूले कहिल्यै गल्ती नै गर्दैनन् । तसर्थ, भगवानको आलोचना गर्नु अपराध हो । यस्तो पक्कै होइन ।हिजो राजतन्त्रमा मात्रै राजा विष्णुका अवतार थिए । संविधान र कानुनभन्दामाथि थिए । के हाम्रो मन्त्रालय र नेता पनि त्यस्तै हुन् ? हामी जनतालाई जवाफ चाहियो । यदि हामी लोकतान्त्रिक मुलुकका सार्वभौम नागरिक हौं भने नागरिकलाई आलोचनाको स्वतन्त्रता हुनैपर्छ । तर, हरेक नागरिकले मर्यादाको ख्याल भने राख्नैपर्छ ।
लोकतन्त्र भनेको पक्कै पनि विधिको शासन हो । अराजकता लोकतन्त्रमा स्वीकार्य हुँदैन । तर, सम्माननीय प्रधानमन्त्री ज्यू ! यसको अर्थ यो पनि होइन कि, लोकतन्त्रमा बाँच्न, बोल्न, लेख्न र आलोचनाको स्वतन्त्रता नै हुँदैन ।
यदि सरकार साँच्चिकै प्रणालीहरु व्यवस्थित गर्न चाहन्छ भने कुनै पनि व्यक्तिको लोकप्रियतासँग यसरी डराउँन मिल्छ ? सरकार, कुरा सम्बृधिको सँगै संस्कृको पनि हो । समुन्नत संस्कृति विना सम्बृद्ध समाज निर्माण सम्भब छ र ?
नेतागण ! नागरीक बिनाको राज्य हुँदैन । एउटा नागरिकले देशको लागि देशभक्त रोज्न पाउँनु सबभन्दा ठुलो कुरा हो । अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना ( कुलमान ) चाहिएको छ ।
सरकारको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यू र सरकार निर्माणको अंकगणित मिलाइरहनु भएका भावी प्रधानमन्त्रीज्यू, कृपया तपाईहरुको दोहोरी बन्द गर्नुहोस् । हिजो तपाईँहरूलाई आफ्नो अमूल्य मत दिएर बिजयी गरी पठाउने जनताहरुलाई फेरी पनि अधेरोमा धकेल्न कु- चेष्टा नगर्नुहोस् ।
सुझाव छ नेतागण तपाईंलाई- बोल्नुभन्दा अघि २० चोटि सोचेर मात्र बोल्ने गर्नुस् । आफूले बोलेको कुरा बिष पिएर भए पनि पूरा गर्नुस् । अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहियो । कृपया ! राष्ट्रवाद, राष्ट्रघात, पुँजिवाद, समाजवाद, साम्यवाद विभिन्न वादका नाममा आरोप-प्रत्यारोप र झगडा गर्न बन्द गर्नुस् । कम्तिमा नागरिकको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्न सिक्नुस् । देश र जनताको पक्षमा काम गर्नुस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस