Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई क्यापिटलद्वारा साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

आइतबार, ११ असोज २०७७, ०९ : ४५ मा प्रकाशित

ग्लोबल आइएमई क्यापिटलद्वारा साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौँ - ग्लोबल आइएमई क्यापिटलले तेर्हौं वार्षिक साधारणसभा आह्वान गरेकाे छ ।

कम्पनीकाे असाेज ९ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकको निर्णयानुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारणसभा कार्तिक ३ गते, साेमबार कम्पनीकाे रजिष्टर्ड कार्यालय जमल, काठमाडौंमा हुने भएको छ 

कम्पनीले एक सूचना प्रकाशन गर्दै साधारणसभा बिहान ९ बजेबाट सुरू हुने जानकारी गराएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको