Like us!
Follow us!
Connect us!
Watch us!

महिमा बहुउद्देश्यीय सहकारी संस्थाद्वारा साधारणसभा आह्वान

अर्थसंसार

मंगलबार, १३ असोज २०७७, ०८ : २८ मा प्रकाशित

महिमा बहुउद्देश्यीय सहकारी संस्थाद्वारा साधारणसभा आह्वान

अर्थ संसार, काठमाडौं - महिमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको असोज ८ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार संस्थाको सातौं वार्षिक साधारणसभा असोज ३० गते संस्थाको कार्यालय भवन, जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा संचालक समितिको अध्यक्षको तर्फबाट  आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन तथा आगामी वर्षको निर्णय तथा कार्यक्रमहरु छलफल र पारित गर्ने, कोषध्यक्षको प्रतिवेदनउपर छलफल गरी अनुमोदन गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षक प्रतिवेदनमाथी छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदनउपर छलफल गरी अनुमोदन गर्ने, उद्देश्य र कार्य मिल्ने संस्थासँग एकीकरण गर्ने सम्बन्धमा, सेवा केन्द्र थप गर्ने, आर्थिक वर्ष २०७६/७७ को समिति र उपसमितिहरुको बैठकले गरेको निर्णयहरु अनुमोदन गर्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको