Like us!
Follow us!
Connect us!
Watch us!

शेयर लाभांश र बोनस वितरण गर्ने प्रस्तावसहित सुप्रिम बचतले डाक्यो साधारणसभा

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, ०६ : ३९ मा प्रकाशित

शेयर लाभांश र बोनस वितरण गर्ने प्रस्तावसहित सुप्रिम बचतले डाक्यो साधारणसभा

अर्थ संसार, काठमाडौं - सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
संस्थाको असोज १५ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार साधारणसभा कात्तिक १ गते शनिबारदेखि कात्तिक ४ गते मंगलबारसम्म संस्थाको मुख्य कार्यालयमा प्रत्येक दिन बिहान ८ बजेदेखि ६ बजेसम्म संचालन हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व २०७६/७७ को वार्षिक प्रातिवेदन र आ.व २०७७/७८ का लागि तय गरिएको वार्षिक नीति तथा कार्यक्रमा एवं बजेट र अन्य व्यवस्थाहरु उपर छफल गरी पारित गरिनेछ ।

यसैगरी लेखा सुपरिवेक्षण समितिको तर्फबाट आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरि पारित गर्ने, वासलात, नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरणसहित पेश गरेको वार्षिक लेखा परिक्षण प्रतिवेदन उपर छफफलगरि पारित गर्ने, संचालक समितिको सिफारिस अनुसार सदस्यहरुलाई शेयर लाभांश वितरण गर्ने, कर्मचारीहरुलाई बोनस वितरण गर्ने, विभिन्न मितिमा संचालक समितिबाट भएको निर्णयहरुको अनुमोदन तथा समर्थन गर्ने लगायत विषयमा छलफल गरि पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको