Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी क्यापिटल मार्केट्सले बोलायो एजिएम

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, ०९ : २७ मा प्रकाशित

सेञ्चुरी क्यापिटल मार्केट्सले बोलायो एजिएम

अर्थ संसार, काठमाडौं - सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले चौथौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाको असोज १२ गहते बसेको संचालक समितिको ४६ औं बैठकको निर्णयानुसार साधारणसभा कात्तिक ६ गते बिहिबार काठमाडौं प्लाजा, कमलादी, काठमाडौंमा दिनको १ बजे बस्नेछ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको वासलात र आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब तथा सोहि अवधको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने, २०७७/७८ का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, चुक्ता पूँजीको ४.२  प्रतिशत नगद लाभांश वितरण गर्ने लगायत प्रस्तावहरुमाथी छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको