अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले २० अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिनको अवधिकाे लागि उक्त रकम बराबरकाे ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना जारी गर्दै उक्त ट्रेजरी बिल आज (असाेज १९ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भाेलि (असाेज २० गते, मंगलबार) बिक्री हुने जानकारी दिएको छ ।
बैंकले ९१ दिनकाे अवधिका लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । सो अवधिको बिल आगामी २०७७ साल पुस २१ गते परिपक्व हुनेछ ।
यस्तै, बैंकले १८२ दिनको अवधिका लागि २० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७७ साल चैत्र २४ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकले जारी गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस