Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता हाइड्रोपावरको शेयर बैच्दै,फाइनान्सको किन्दै

अर्थ संसार

विहीबार, २२ असोज २०७७, १६ : ०७ मा प्रकाशित

लगानीकर्ता हाइड्रोपावरको शेयर बैच्दै,फाइनान्सको किन्दै

अर्थ संसार, काठमाडौं–  दास्रो बजारले विस्तारै आफ्नो उकालो गति समातेको छ । बजारले उकालो यात्रा तयसँगै केही दिनअघि लगानीकर्ताहरु जलविद्युत समूहको सस्तो सेयरप्रति आकर्षिकत भएका थिए । अंकित मूल्य भन्दा कम  शेयर मूल्य भएका जलविद्युत कम्पनीको शेयर अहिले दुई गुणा भन्दा बढीले बढेको छ । जलविद्युतको शेयर बढेसँगै लगानीकर्ता अहिले प्रोफिट बुक गर्न तर्फ लगेको देखिन्छ ।

बिहीबारको दोस्रो बजार हेर्दा हाइड्रोपावरको शेयर किन्नेको भन्दा बेच्नेको भिड देखिन्छ । बिहीबारै मात्र नेप्सेमा सवै भन्दा धेरै घट्ने टप १० कम्पनीमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । सवै भन्दा धेरै कारोबार रकममा समेत जलविद्युत कम्पनीको शेयर किनबेच भएको छ । 

लगानीकर्ताहरु फाइनान्स कम्पनीमा आकर्षिकत

जलविद्युत कम्पनी तिर आकर्षिक भएका लगानीकर्ता हिजोआज एकाएक फाइनान्स कम्पनी तिर आकर्षित भएको छन् ।  जलविद्युत कम्पनीको शेयर बेचेर फाइनान्स कम्पनी किन्नमा दौडिएका दोस्रो बजारले देखिएको छ । बिहीबार मात्रै बढ्ने टप १० कम्पनीहरुमा अधिकांश फाइनान्स कम्पनी रहेको छ । 

बिहीबार बढ्ने टप १० कम्पनीहरु 

नेप्सेमा बढ्ने १० टेन १० कम्पनीमा मल्टिीपर्पस फिनान्स कम्पनी लिमिटेड, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड,  रिलायन्स फाइनान्स लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैकिङ्ग  एण्ड फाइनान्स लिमिटेड, बेष्ट फाइनान्स  कम्पनी लिमिटेड, आइसिएफसि फाइनान्स लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेड रहेका छन् । 

बिहीबार घट्ने टप १० कम्पनीहरु

नेप्सेमा बिहीबार घट्ने टप १० कम्पनीहरुमा सिजर्नी पावर डेभलपमेन्ट लिमिटेड,पाँचथर पावर कम्पनी लिमिटेड, लिवर्टी ईनर्जी कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, अरुण काबेली पावर लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड,  घलेम्दी हाइड्रो लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड र  हिमालय उर्जा विकास कम्पनी लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको