Like us!
Follow us!
Connect us!
Watch us!

मातृ बचतले डाक्यो एजिएम, यस्ता छन् मुख्य एजेण्डा

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, ०६ : ५० मा प्रकाशित

मातृ बचतले डाक्यो एजिएम, यस्ता छन् मुख्य एजेण्डा

अर्थ संसार, काठमाडौं - मातृ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एघारौं र बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ  । 

संस्थाको असोज २३ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार २ वर्षको साधारण सभा कार्तिक १६ देखि कार्तिक २१ गते सम्म संस्थाको कार्यालय लगनखेल-६ ललितपुरमा बिहान ९ बजेदेखि बेलुका ६ बजे सम्म संचालन हुनेछ  । 

संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरिनेछ  । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने, लाभांश घोषणा गर्ने लगायत विषयमा छलफल गरि पारित गरिनेछ  । 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको