Like us!
Follow us!
Connect us!
Watch us!

आज यी ३ कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेण्डा ?

अर्थ संसार

बुधबार, २८ असोज २०७७, ०७ : १३ मा प्रकाशित

आज यी ३ कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौं – आज (बुधबार) विभिन्न ३ वटा कम्पनीकाे साधारण सभा हुँदैछ । जसमध्ये, २ वटा कम्पनीकाे विशेष साधारण सभा रहेकाे छ । आज सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछन् ।

त्यसैगरी नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचाै वार्षिक साधारण सभा आज रहेको छ ।  सभाले कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५/०७६ सम्मकाे सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतका दरले बाेनस शेयर पारित गर्ने लगायत विविध विषयमा छलफल गर्नेछ।

साधारण सभा हुने कम्पनीकाे विवरण हेर्नुहोस्:
 

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड :
सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले आज (असाेज २८ गते, बुधबार)  विशेष साधारण सभा अह्वाह गरेको छ । कम्पनीको असाेज ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे विशेष साधारण सभा आज कम्पनीकाे केन्द्रीय कार्यालय, घण्टाघर, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजेबाट सुरू हुनेछ ।

सभामा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक  लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा सहमती भएपछि गत पुस २८ गतेदेखी नै फाइनान्सकाे शेयर काराेबार राेक्का गरिएकाे छ । त्यसैले, पुस २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड :

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आज  (असाेज २८ गते, बुधबार) विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असाेज ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे विशेष साधारण सभा आज बैंकको रजिष्टर्ड कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजेदेखि वेभिनारकाे माध्यमबाट सञ्चालन हुनेछ ।

विशेष साधारण सभामा नेपाल इन्भेष्टमेन्ट बैंक  लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ । बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त असोज १६ गतेदखि सभा सम्पन्न नभएसम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे छ । तसर्थ असाेज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड :

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचाै वार्षिक साधारण सभा आज (असाेज २८ गते, बुधबार) हुने भएको छ । संस्थाको  भाद्र ४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा आज रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन-१, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे असार ११ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार  कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५/०७६ सम्मकाे सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतका दरले बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १९ लाख ३६ हजार ८४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा गर्ने प्रयाेजनार्थका लागि असोज १४ गते एक दिनका लागि संस्थाकाे शेयर दाखिला खारेज बन्द गरेकाे थियाे । त्यसैले, असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको