Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीमा बिष्णु पौडेल नियुक्त, ईश्वर पोखरेल रक्षा मन्त्रालयबाट बाहिरिए

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १८ : ३० मा प्रकाशित

अर्थमन्त्रीमा बिष्णु पौडेल नियुक्त, ईश्वर पोखरेल रक्षा मन्त्रालयबाट बाहिरिए

अर्थ संसार, काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा बिष्णु पौडेललाई नियुक्त गरेका छन् । ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गर्दै सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठलाई नियुक्त गरेका छन् । 

यसैगरी उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएरका छन्  । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ  । त्यसैगरी यसअघि महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयमा सारिएको छ ।

पुनर्गठित मन्त्रिमण्डलमा नयाँ ३ अनुहारले प्रवेश पाएको छ ।  जसमा महासचिव विष्णु पौडेलले अर्थ, नेता गोपालमान श्रेष्ठले सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिकको मन्त्री बनेका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको