Like us!
Follow us!
Connect us!
Watch us!

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण आज, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार

विहीबार, २९ असोज २०७७, ०६ : २४ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण आज, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार,  काठमाडौँ  - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा आज (आश्विन २९ गते बिहीबार) हुने भएको छ । बैंककाे आश्विन ७ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त वार्षिक सभा आज बैंककाे प्रधान कार्यालय, आदर्शनगर, वीरगञ्ज, पर्सामा बिहान ७:३५ बाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको