Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरण गर्ने प्रस्तावसहित सानिमा क्यापिटलले डाक्यो साधारणसभा

अर्थ संसार

विहीबार, २९ असोज २०७७, ०७ : ५५ मा प्रकाशित

लाभांश वितरण गर्ने प्रस्तावसहित सानिमा क्यापिटलले डाक्यो साधारणसभा

अर्थ संसार, काठमाडौं - सानिमा क्यापिटलले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको आश्विन १८ गते बसेको बैठकको निर्णयानुसार पाँचौ वार्षिक साधारण सभा कार्तिक २१ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय, पुतलीसडक, काठमाडौं अपरान्ह २ बजे सुरु हुनेछ ।

साधारणसभाले संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहितको २०७७ साल आषाढ मसान्तको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, शेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गरिने लगायत विषयमा छलफल हुनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको