Like us!
Follow us!
Connect us!
Watch us!

फोन पेको ग्यापुसँग फ्ल्यास सेल, खसि किन्दा गज्जबको रकम रिडिम गर्ने मौका !

अर्थ संसार

विहीबार, २९ असोज २०७७, १७ : ३५ मा प्रकाशित

फोन पेको ग्यापुसँग फ्ल्यास सेल, खसि किन्दा गज्जबको रकम रिडिम गर्ने मौका !

अर्थ संसार, काठमाडौं - ग्यापु डटकमले फोन पेको सहकार्यमा असोज ३० गते फ्ल्यास सेल गर्ने घोषणा गरेको छ । उपभोक्ताले फोन पे मार्फत कारोबार गरि फोन पे अफर एपमा २ हजार रिवार्ड प्वइन्ट जम्मा गरी फ्ल्यास सेलमा खसी किन्दा रिडिम गर्न पाउनेछन् ।

उपभोक्ताले रिर्वाड प्वइन्ट यसरी प्राप्त गर्न सक्नेछन् ?

उपभोक्ताले कुनै सामान खरिद गर्दा फोन पे क्युआर कोड आफ्नो मोबाइल बैकिङ एप मार्फत स्क्यान टु पे गरी  रिवार्ड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै युटिलिटिज लगायत अन्य पेमेन्ट आफ्नो मोबाइल बैकिङ एप मार्फत भुक्तानी गरी र फोन पे अफर एपमा रहेको च्यालेन्जहरु कम्प्लिट गरेर रिवार्ड प्राप्त गर्नेछन् । त्यस्तै आफ्नो मोबाइल बैकिङ एप मार्फत एउटा बैकं बाट अर्को बैकंमा फण्ड ट्रान्सफर गरेर पनि रिवार्ड प्राप्त गर्न सक्नेछन् ।

रिवार्ड प्वइन्ट रिडिम कसरी गर्ने ?

उपभोक्ताले फोन पे अफर एप डाउनलोड गरेर रिडिम विथ योर फोन पे प्वइन्टस्मा क्लिक गरी विभिन्न अफरहरु रिदिम गर्न सक्नेछन् । उपभोक्ताले रेड्मी नोट ९, खसी, एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थियटर, मिनि पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स लगायन अन्य अफरहरु रिडिम गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको