Like us!
Follow us!
Connect us!
Watch us!

रोयल बहुउद्देश्यीय सहकारीको वार्षिक सभा कहिले ?

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, १६ : ५२ मा प्रकाशित

रोयल बहुउद्देश्यीय सहकारीको वार्षिक सभा कहिले ?

अर्थ संसार, काठमाडौं - रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असोज १६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार वार्षिक सभा कार्तिक २२ गते शनिबार संस्थाको प्रधान कार्यालय रोयल कम्प्लेक्स ब्लक बि को पाँचौं तल्लाको हाल, बसुन्धरा, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा संस्थाको संचालक समितिको आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा छलफल गरी पारित गरिनेछ ।

यसैगरी २०७६/७७ लेखा समितिको प्रतिवेदन पारित गर्ने, सोहि वर्षको लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने, सदस्यहरुलाई लाभांश वितरण गर्न स्वीकृत गर्ने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट पारित, सोहि वर्षको लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायत विषयमा छलफल हुनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको