Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरमा आजदेखि अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द !

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०७७, ०७ : ०१ मा प्रकाशित

ललितपुरमा आजदेखि अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द !

अर्थ संसार, काठमाडौं - ललितपुरमा आज (आइतबार)देखि अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना प्रकाशित गर्दै अर्को सुचना जारी नभएसम्मका लागि जिल्लामा अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिने जानकारी गरेको हो ।

ललितपुर प्रशासनका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर अत्यधिक रुपमा बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भीडभाड अत्यधिक भई संक्रमण सेवाग्राहीहरुमा समेत फैलनसक्ने उच्च जोखिमलाई मध्यनजर गरी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसी), सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय समेतसँगको छलफल, परामर्श एवम् निष्कर्षमा यस्तो निर्णय गरेको जनाएको छ ।

प्रशासन जारी गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको