Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सुनको मूल्यमा सामान्य गिरावट

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०७७, ११ : ४० मा प्रकाशित

आइतबार सुनको मूल्यमा सामान्य गिरावट

अर्थ संसार, काठमाडौं - साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  
आज छापवाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन शुक्रबार ९४ हजार ९ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सुन मूल्यमा २ सय रुपैयाँले गिरावट आएको हो ।
 
यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । 
त्यसैगरी, आइतबार चाँदी भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार २ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको