Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको एजिएम आज, कुनले कति लाभांश दिने ?

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १० : १५ मा प्रकाशित

तीन कम्पनीको एजिएम आज, कुनले कति लाभांश दिने ?


अर्थ संसार, काठमाडौं –  विभिन्न ३ वटा कम्पनीको आजवार्षिक साधारण सभा हुँदैछ । गोर्खाज फाइनान्स लिमिटेड, नेपाल ल्युब ओइल लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा बुधबार हुन लागेको हो । 

गोर्खाज फाइनान्स लिमिटेड 

गोर्खाज फाइनान्स लिमिटेडको आश्विन ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २५ औँ वार्षिक साधारण सभा आज (कार्तिक ५ गते, बुधबार) होटल क्राउन ईम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । यसैगरी, फाइनान्सले लाभांश भने वितरण नगर्ने भएको छ ।  फाइनान्सले नेप्सेमा एक सूचना प्रकाशन गर्दै लाभांश प्रस्ताव नगरिएको जानकारी दिएको हो । त्यसैगरी, फाइनान्सले साधारण सभा प्रयोजनका लागि असोज १८ गतेदेखि कार्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

 नेपाल ल्युब ओइल लिमिटेड

नेपाल ल्युब ओइल लिमिटेडको असोज १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको उन्नतिसौँ वार्षिक साधारण सभा आज (कार्तिक ५ गते, बुधबार) संस्थाको कार्यालय, झम्सिखेलबाट जुममार्फत सञ्चालन गरिनेछ । सभामा असोज १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयोजनका निमित्त असोज २२ गतेबाट कार्तिक ५ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले, असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईबिएल एस क्यापिटल लिमिटेड

एनआईबिएल एस क्यापिटल लिमिटेडको असोज ४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको आठौँ वार्षिक साधारण सभा आज (कार्तिक ५ गते, बुधबार) एनआईबिएल एस क्यापिटल लिमिटेडको सभाहल, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ । त्यसैगरी,  सभामा कर सहित २२ दशमलव २२ प्रतिशतले हुन आउने ६ करोड रूपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारीत गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको