Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ब्यालेन्स फण्ड-२ र नबिल इक्विटी फण्डद्वारा लाभांश वितरण

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १४ : ३९ मा प्रकाशित

नबिल ब्यालेन्स फण्ड-२ र नबिल इक्विटी फण्डद्वारा लाभांश वितरण

अर्थ संसार, काठमाडौँ - नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डले नगद लाभांश आफ्ना इकाईधनीहरुको बैंक खातामा जम्मा गरेका छन् ।

दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाद्र २५ गते एक दिनका लागि बुकक्लोज (शेयरधनी किताब बन्द) गरेका थिए ।  त्यसैले भाद्र २४ गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका र आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरिएकाे हाे ।

आर्थिक वर्ष २०७६/०७७ का लागि नबिल ब्यालेन्स फण्ड-२ का इकाईधनीहरूलाई कर सहित ९ प्रतिशतका दरले हुन आउने १० कराेड ८ लाख रूपैयाँ बराबरकाे प्रतिफल र नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ६ प्रतिशतका दरले हुन आउने ७ कराेड ५० लाख रूपैयाँ बराबरकाे लाभांश वितरण गर्ने घाेषणा गरिएकाे थियाे ।

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । फण्डकाे योजना व्यवस्थापकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  

फण्डले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको