Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, २२.२२ प्रतिशत लाभांश पारित

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १५ : ०३ मा प्रकाशित

एनआईबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, २२.२२ प्रतिशत लाभांश पारित

अर्थ संसार, काठमाडौं - एनआईबिएल एस क्यापिटल लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज (कार्तिक ५ गते बुधबार) कम्पनीको सभाहल लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको हो। 

साधारण सभाले आर्थिक बर्ष २०७६.७७को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा.नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७६/७७को नाफाबाट चुक्ता पूँजीको २२.२२ प्रतिशत नगद लाभांशसमेत दिने भएको छ । 

शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधी बरुण श्रेष्ठले बैंकको तर्फबाट प्रतिनिधित्व गरेका उक्त साधारण सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष  सचिन टिवडेवालले गरेका थिए । उक्त सभामा सञ्चालक सदस्यहरु  दिपककुमार श्रेष्ठ,  बन्दना थापा र  रविन्द्र भट्टराईको समेत उपस्थिती रहेको थियो । 

त्यसैगरी नियमन निकायका प्रतिनिधीहरु, लेखापरीक्षक तथा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको