Like us!
Follow us!
Connect us!
Watch us!

भर्नुभयो त ? युनाईटेड इदी–मर्दीको आइपिओमा लगानी गर्ने अन्तिम मौका आज !

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, ०७ : २२ मा प्रकाशित

भर्नुभयो त ? युनाईटेड इदी–मर्दीको आइपिओमा लगानी गर्ने अन्तिम मौका आज !

अर्थ संसार, काठमाडौं - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले असोज ७ ,गतेदेखि निष्काशन तथा खुल्ला गरेको साधारण शेयर (आइपिओ) भर्ने आज (कार्तिक ६ गते बिहिबार) अन्तिम दिन रहेको छ ।
उक्त आइपिओमा लगानी गर्न चाहने लगानीकर्ताले आज बैकिङ समयभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित स्थानिय बासिन्दालाई ४ लाख २० हजार कित्ता आइपिओ  असोज ७ ,गतेदेखि निष्काशन तथा खुल्ला गरेको हो ।

कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाकाका लागि १०० अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । 

स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन् ।  दोस्रो चरणमा ६ लाख ३० हजार कित्ता शेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना छ। 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । 

सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ। 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको