Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २३ लाख ५३ हजार कित्ता शेयर सुचिकृत

अर्थ संसार

आइतबार, १६ कार्तिक २०७७, १६ : २२ मा प्रकाशित

नेप्सेमा २३ लाख ५३ हजार कित्ता शेयर सुचिकृत

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:१ काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति शेयर अंकित तथा चुक्ता मूल्य १ सय रूपैयाँ दरकाे २३ लाख ५३ हजार ८ सय २१ कित्ता शेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

यसका साथै, आजबाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको