Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा क्यापिटलको वार्षिक सभा आज, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०७७, ०८ : १७ मा प्रकाशित

सानिमा क्यापिटलको वार्षिक सभा आज, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार, काठमाडौं – सानिमा क्यापिटल लिमिटेड वार्षिक साधारण सभा आज (कार्तिक २१ गते, शुक्रबार)  हुँदैछ । कम्पनीकाे असाेज १८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा कार्तिक २१ गते शुक्रबार, कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजेबाट सुरू हुनेछ । 
त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम ८.५ प्रतिशतका दरले नगद लाभांश  वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । 

यसैगरी सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछभने कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको