Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है, अपि पावरको हकप्रद शेयर ! कहिलेसम्म दिने आवेदन ?

अर्थ संसार

आइतबार, २३ कार्तिक २०७७, ११ : ११ मा प्रकाशित

छुट्ला है, अपि पावरको हकप्रद शेयर ! कहिलेसम्म दिने आवेदन ?

अर्थ संसार, काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले कार्तिक १४ गते, शुक्रबारदेखि हकप्रद शेयर बिक्री गरिरहेकाे छ । 

कम्पनीले चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयरको १ : ०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले मंसिर ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि २०७६ साल चैत्र १ गते बुक क्लोज गरेकाे थियाे । त्यसैले, २०७६ साल  फागुन ३० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको