Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको नाफामा उल्लेख्य वृद्धि, विद्युत बिक्री आम्दानी दोब्बरले बढ्यो (विवरणसहित)

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, ०७ : ५५ मा प्रकाशित

अपि पावरको नाफामा उल्लेख्य वृद्धि, विद्युत बिक्री आम्दानी दोब्बरले बढ्यो (विवरणसहित)

अर्थ संसार, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण गजबको सार्वजनिक गरेको छ ।

कम्पनीले पहिलो त्रैमाससम्म १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षकाे सोही अवधिमा कम्पनीले गत वर्ष ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । नाफा गत वर्षको भन्दा ९७२.९५ प्रतिशतले प्रतिशतले आफ्ना नाफा कमाउन सफल भएको छ ।

कम्पनीले पहिलाे त्रैमासमा विद्युत बिक्रीबाट मात्रै १४ करोड १२ लाख ५७ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षकाे सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ३८ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियाे । गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा १२१.२० प्रतिशतले बढी हो । 

असाेज मसान्तसम्ममा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी २ लाख ९ हजार रुपैयाँबाट बढेर ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड ९२ लाख ९१ हजार रूपैयाँ रहेकाे छ । पहिलाे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६६ पैसाले बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेकाे छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ३० पैसा रहेकाे छ ।  

कम्पनीले सार्वजनिक गरेकाे पहिलाे त्रैमास​को वित्तीय विवरण हेर्नुहोस्:

तुरुन्तै हकप्रद निकाल्न Api Power ले Himalayan Bank सँग सम्झौता, 40 MW को माथिल्लो चमेलिया बन्ने

ऋणमुक्त भयाे रिडी, अब शेयरधनीलाई राम्राे लाभांशः कार्यकारी निर्देशकसँग कुराकानी । Kuber Mani Nepal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको