Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, बिमा शुल्क ४५.४० प्रतिशत बढ्यो !

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, १७ : ४४ मा प्रकाशित

अजोड इन्स्योरेन्सको नाफामा उल्लेख्य वृद्धि, बिमा शुल्क ४५.४० प्रतिशत बढ्यो !

अर्थ संसार, काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको तुलनामा ५८८.३१ प्रतिशतले नाफा गर्न सफल भएको छ । पहिलो त्रैमासमा कम्पनीले ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधीमा कम्पनीले ७७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ४५.४० प्रतिशत धेरै अर्थात् ११ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । जबकी गत वर्षकाे सोहि अवधीमा कम्पनीले ७ करोड ९५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

कम्पनीकाे जीवन बिमा कोषको आकार पनि बढेर ८ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा ३ करोड २० लाख रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब रुपैयाँ र जगेडा कोषमा  ६ करोड ९३ लाख रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३० पैसा र प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ७२ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको