Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको आइपिओमा आवेदनको ओइरो, यस्तो छ पछिल्लो अपडेट !

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, ०८ : २३ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ - माउन्टेन इनर्जी नेपाल लिमिटेडले निष्कासन गरेकाे साधारण शेयर (आइपिओ)मा बिहिबार बेलुकीसम्म  २ लाख ७८ हजार ६ सय १६ जनाले आवेदन दिएका छन् । 

सीडीएसका अनुसार निष्काशन भएको दोश्रो दिन बिहिबार बेलुका ५ बजेसम्ममा २ लाख ७८ हजार ६ सय १६ जना आवेदकले ६२ लाख २५ हजार ४ सय १० कित्ताकाे लागि आवेदन  दिएका हुन् । यो माग गरिएको भन्दा ३ गुणा धेरै हो ।

कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गरेकाे हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो । लगानीकर्ताले उक्त आइपिओमा छिटोमा मंसिर २ गते मंगलबार र ढिलोमा मंसिर १० गते बुधबारसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीकाे आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गरेका छन् । 

लगानीको अवसर !! Mountain Energy Nepal Ltd को IPO बारे सम्पूर्ण जानकारी | कम्पनी कस्तो छ त ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको