Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको आइपिओमा लगानी गर्ने अन्तिम मौका बुधबारसम्म मात्रै !

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०७७, १४ : २० मा प्रकाशित

माउन्टेन इनर्जीको आइपिओमा लगानी गर्ने अन्तिम मौका बुधबारसम्म मात्रै !

अर्थ संसार, काठमाडौँ - माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) मा आवेदन दिने अन्तिम दिन भाेलि (मंसिर ३ गते, बुधबार) सम्म रहेको छ ।

कम्पनीले कात्तिक २६ गते, बुधबारदेखि १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको  गरेको थियो । यसअघि आज अन्तिम दिन भनिएकाेमा आज सार्वजिनक बिदा परेकाे हुनाले एक दिन थपेर भाेलिसम्म पुर्याइएकाे हाे ।

कम्पनीले नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी १८ लाख ३० हजार २६५ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गरेको हो । 

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे थियाे ।

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको