अर्थ संसार, काठमाडौं - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आइपिओ) आज मङ्सिर ३ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला भएको छ ।
कम्पनीले नेपाल धिताेपत्र बाेर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको थियाे । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता निष्कासन तथा बिक्री गरिसकेकाे छ । कम्पनीले असोज ७ गते बुधबारदेखि कात्तिक ६ गते, बिहीबारसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।
अब दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । कम्पनीले पहिलाे चरणमा बिक्री नभएकाे २ लाख ४३ हजार ९ सय १० कित्ता समेत जाेडेर ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे । जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।
लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त आइपिओमा मंसिर ३ गतेदेखि र मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस