Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रदमा आवेदन दिने अन्तिम मौका बिहिबारसम्म मात्रै !

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, ०८ : १० मा प्रकाशित

अपि पावरको हकप्रदमा आवेदन दिने अन्तिम मौका बिहिबारसम्म मात्रै !

अर्थ संसार, काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले कार्तिक १४ गते, शुक्रबारदेखि बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन भोलि (मङ्सिर ४ गते बिहिबार)सम्म रहेको छ ।  

कम्पनीले चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयरको १ : ०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६  कित्ता साधारण शेयर)  को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे ।

कम्पनीले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि कम्पनीले २०७६ साल चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, २०७६ साल  फागुन ३० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेकाे छ । 
कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको वित्तीय आधारभुत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको