Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल उद्योग वाणिज्य महासंघको मतदाता नामावली सार्वजनिक

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १५ : ४० मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघको मतदाता नामावली सार्वजनिक

अर्थ संसार, काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका अनुसार पहिलो चरणको मतदाताको सूची सार्वजनिक भएको छ ।

महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन गर्नका लागि जिल्ला नगर तर्फ प्रदेश नम्बर १ बाट २३ मतदाताको सूची तयार भएको छ । प्रदेश २ बाट १३, प्रदेश ३ बाट १६, प्रदेश ४ बाट १३ र प्रदेश ५ बाट २२ संघहरुले मतदान गर्न पाउने छन् ।

त्यसैगरी प्रदेश ६ बाट १० र प्रदेश ७ बाट १० गरी जिल्ला नगरतर्फका कुल १०७ मतदाताहरुको सूची सार्वजनिक गरिएको छ । वस्तुगततर्फ १०१ संघहरुको सूची सार्वजनिक गरिएको छ भने द्धिराष्ट्रिय उद्योग वाणिज्य संघतर्फको सूचीमा १२ संस्थाहरु छन् ।

एशोसिएट्सतर्फ कुल ९२३ संस्थाहरुको सूची सार्वजनिक गरिएको छ । मतदान गर्न पाउने १२ संस्थापक सदस्यहरुको नामावली पनि सार्वजनिक गरिएको छ ।

महासंघ निर्वाचन समितिका अनुसार सार्वजनिक गरिएको सूचीमा अन्तिम समयमा केही परिवर्तन आउन सक्ने सम्भावना रहनेछ ।

पहिलो चरणको मतदाता नामावली हेर्नुहोस्:-

VoterList.pdf

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको