Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन ?

अर्थ संसार

विहीबार, ०४ मंसिर २०७७, १२ : १३ मा प्रकाशित

नेपाल फाइनान्सको हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन ?

अर्थ संसार, काठमाडौँ - नेपाल फाइनान्स कम्पनी लिमिटेडले आज (मंसिर ४ गते, बिहीबार) देखि  आफ्ना लगानीकर्तालाई हकप्रद शेयर निष्कासन तथा  बिक्री खुल्ला गरेकाे छ । फाइनान्सले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हो ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आज (मंसिर ४ गते, बिहीबार) देखि मंसिर २४ गते बुधबारसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम  प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

यसैगरी, फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनका लागि कात्तिक ६ गते बिहीबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, कार्तिक ५ गते बुधबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपि आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम रहेको संकेत गर्दछ।

त्यसैगरी, लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुह र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fb5d53c92fa9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको