Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जी नेपालको शेयर रजिष्ट्रार कसलाई चुनियो ?

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १२ : ५८ मा प्रकाशित

माउन्टेन इनर्जी नेपालको शेयर रजिष्ट्रार कसलाई चुनियो ?

अर्थ संसार, काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयरसँग सम्बन्धीत सवै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

कम्पनीले भर्खरै मात्र साधारण शेयर (आइपिओ) निष्काशन गरेको छ उक्त आइपिओको बाँडफाँड गर्न बाँकी नै छ । हिजो मंसिर ४ गते विहिबार माउण्टेन इनर्जी र एनआईबिएल एस क्यापिटलबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो ।  

उक्त सम्झौतामा माउन्टेन इनर्जीको तर्फबाट अख्तियार प्राप्त सञ्चालक डोलराज शर्मा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतमेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । 

अब शेयरहरु बाँडफाँड भई सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण तथा नेपाल स्टक एक्सचेज लिमिटेडमा सूचिकरण पश्चात बाँडफाँडमा परेका शेयरधनीहरुको शेयर हितग्राही खातामा जम्मा गर्ने लगायत शेयर रजिष्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूण कामहरु एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको