Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्न अन्तिम स्वीकृति पायो

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १४ : ४७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्न अन्तिम स्वीकृति पायो

अर्थ संसार, काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई गाभ्ने अन्तिम स्वीकृति प्राप्त गरेको छ ।

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई फाइनान्सलाई गाभ्नका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । बैंकको हिजाे (मंसिर ७ गते, आइतबार) बसेको सञ्चालक समिति बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न अन्तिम स्वीकृति प्रदान गरेको हाे ।

दुवै कम्पनीकाे असाेज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००:३० कित्ताको अनुपातमा गाभ्न थालेकाे हाे । यसकाे मतलव सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको