अर्थ संसार, काठमाडौँ - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे लाभांश घाेषणा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको ३५ प्रतिशत लाभांश गरिएको हो ।
कम्पनीको आज (मंसिर ८ गते, साेमबार) बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
त्यसैगरी, कम्पनीले मंसिर ३० गते कम्पनीकाे ५३ अाैँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस