अर्थ संसार, काठमाडौँ - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे २५ प्रतिशत बाेनस सेयर पछि प्रतिकित्ता ६ हजार रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ हजार ५ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको ५३ अाैँ वार्षिक साधारण सभा मंसिर ३० गते हुँदैछ । सभामा आर्थिक वर्ष ७५/७६को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस