Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १३ : ०९ मा प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

अर्थ संसार, काठमाडौँ - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतबार) रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि (मंसिर १५ गते, साेमबार) बाट मंसिर ३० गतेसम्म बुक क्लोज गर्दैछ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको ५३औं वार्षिक साधारण सभा आह्वान मङ्सिर ३० गते हुँदैछ । सभामा आर्थिक वर्ष ७५/७६को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको