Like us!
Follow us!
Connect us!
Watch us!

फोन  पेको उपहार योजना :  यमाहाको एफजेडआइ स्कुटर जित्ने मौका

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, १५ : ५४ मा प्रकाशित

फोन  पेको उपहार योजना :  यमाहाको एफजेडआइ स्कुटर जित्ने मौका

अर्थ संसार, काठमाडौं– फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमाउपहार’ योजना सार्बजनिक गरेको छ ।

फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो । जहाँ प्रयोगकर्ताले दैनिक,साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् । 

यस योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले रू एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले रू १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सकिनेछ ।

यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एकजना मर्चेन्टले एक÷एक वटा यमाहाको रेजेडआर आइ १२५ एफ वान स्कुटर जित्न सकिनेछ । बम्पर उपहार उपहार योजनाको अन्निममा सार्बजनिक गरिनेछ ।यो योजना ८ मंसिर देखि ११ माघसम्म सञ्चालन हुनेछ ।

फोनपेसँग आवद्ध बैंक तथा इसेवाको मोबाईल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यस उपहार योजनामा सहभागी हुने छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको