Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०७७, १० : ३९ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार,  काठमाडौँ -  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले  मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

कम्पनीले  लगानीयाेग्य रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे हो । कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क' वर्गका बैंकमा एकदेखि दुई वर्षे अवधिका लागि लगानी गर्न लागेकाे जानकारी दिएकाे छ । 

इच्छुक वाणिज्य बैंकहरुलाई  आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर मंसिर १५ गते साेमबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन समेत कम्पनीले अनुराेध गरेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको