Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, ११ : २८ मा प्रकाशित

बुधबार पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५  सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्यमा एक हजार रुपैयाँले गिरावट आएको हो  । 

मंगलबार सुनको मूल्य १८ सयले  घटेर ९२ हजार ५  सय रुपैयाँमा कारोबार भएको थियो ।

 यस्तै, तेजावी सुनको  पनि प्रतितोला १ हजार रुपैयाँले नै घटेर मूल्य ९१ हजारमा कारोबार भइरहेको  छ ।  

त्यसैगरी, चाँदी आज प्रतिताेला ५  रुपैयाँले घटेर एक हजार १ सय ७५  रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको