Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावरले डाक्यो एजिएम, के-के छन् एजेण्डा ?

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १२ : ३१ मा प्रकाशित

सामलिङ्ग पावरले डाक्यो एजिएम, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौं - सामलिङ्ग पावर कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा मङ्सिर २५ गते बिहिबार कम्पनीको कार्यालय, सानेपामा बिहान ११ बजे सुरु हुनेछ । सभा विद्युतीय माध्यमबाट हुनेछ ।

त्यसैगरी सभामा आर्थिक वर्ष २०७६/७७ को साधारणसभामा प्रस्तुत हुने संचालक समितिका अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७६/७८ को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण पनि गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको