Like us!
Follow us!
Connect us!
Watch us!

म्याग्दी हाइड्रोपावरको वार्षिक सभा कहिले ?

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १३ : ११ मा प्रकाशित

म्याग्दी हाइड्रोपावरको वार्षिक सभा कहिले ?

अर्थ संसार, काठमाडौं - म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ३० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा मङ्सिर ३० गते मंगलबार कम्पनीको रजिष्टार्ड कार्यालयमा दिउँसो २ बजे सुरु हुनेछ ।

संचालक समितिको तर्फबाट अध्यक्षले पेशा गर्ने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै लेखापरीक्षण प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको वासलात, २०७६/७७ को नाफा/नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण, इक्वीटिमा भएको परिवर्तन र सोसँग सम्बन्धित अनुसूचीहरु छलफल गरि स्वीकृत गर्ने सम्बन्धमा छलफल गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्न नियुक्त पारिश्रमिक निर्धारण गरिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको