Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, ११ : ४३ मा प्रकाशित

अरुण काबेलीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

अर्थ संसार, काठमाडौं - अरुण काबेली पावर लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बिहिबार)  रहेको छ ।

 कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि (मंसिर १२ गते) देखि मंसिर २१ गतेसम्म बुकक्लोज गर्दैछ । त्यसैले, आज (मंसिर ११ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा मंसिर २२ गते साेमबार हुँदैछ । सभामा कम्पनीका शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद  गरी ६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

महासंघकाे महासंग्रामः केन्द्रीय सदस्य उम्मेदवार बाेदनाथ दवाडीसँग कुराकानी। FNCCI Election। Bodhnath

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको