Like us!
Follow us!
Connect us!
Watch us!

जोखिम बहन गर्न सक्ने गरि लगानी गरौं

राधा पोखरेल

विहीबार, ११ मंसिर २०७७, ११ : ५९ मा प्रकाशित

जोखिम बहन गर्न सक्ने गरि लगानी गरौं

बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुराहरुले देशको राजनितिक अबस्था, अन्तराष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता र सराकरको पूँजीबजार प्रतिको दृष्ट्रिकोण , समय समयमा हुँने निति नियमको परिवर्तन बजार मैत्री नहुनु, समय समय फैलने बिभिन्न अफवाहरु रहेका हुन्छन् । सेयर बजारमा लगानिकर्ताका दुई प्रमुख सत्रु हुन् लोभ र डर वा त्रास । यसबाट हामि सदैव टाढा बस्नुपर्छ ।

लोभ : बजार बढ्दा अब सँधै बढ्छ, बढिनै रहन्छ, कुनै बेला घट्छ पनि भनेर सोच्ने फुर्सदनै हुँदैन। यस सँगै डर र त्रास: बजार घट्दा अब सँधै घट्छ, घटिनै रहन्छ, कुनै दिन अवश्य बढ्छ भन्ने बिश्वास नै हुँदैन। बजार सँधै बढ्दैन अनि सँधै घट्दैन पनि। बढेपछी घट्छ अनि घटेपछी बढ्छ। बजारका यि दुई प्रमुख सत्रु चिनेर समय अनुसार चल्ने लगानीकर्तानै हो बजारबाट कमाउने अनि सँधै टिकिरहने पनि ।

जहाँ अबसर हुन्छ, त्यहाँ चुनौती अबश्य हुन्छ । सेयर बजारलाई जती अबसरको खानिको रुपमा लिइन्छ, त्यस्मा चुनौतिहरु पनि रहेका हुन्छन् भन्ने हामिले बिर्सनु हुँदैन । हामिले अहिले जुन अवस्थामा लगानी गर्दैँछौ ।

एकदमै सजग र सजगतापुर्वक आफु कत्तिको जोखिम बहन गर्न सक्छु र कम्पनिको बिगतका र भविष्यमा गर्नसक्ने प्रगतिको विवरण बुझ्दैं लगानी गरौँ र हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी नगरौं । अवसर छ भनेर जहाँ पायो त्यहि लगानि गर्नु भन्दा पनि सजक र सजगतापुर्वक जोखिम बहन गर्न सक्ने गरि लगानी गर्नुपर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको