Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी सेभिङ्ग एण्ड क्रेडिटले डाक्यो वार्षिक सभा, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १२ : १७ मा प्रकाशित

कुमारी सेभिङ्ग एण्ड क्रेडिटले डाक्यो वार्षिक सभा, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार, काठमाडौं -  कुमारी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको मंसिर ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष ४ गते शनिबार, नमुना मित्र क्याफे, ब्याङक्वेट मित्रपार्क चाबहिल, काठमाडौं बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरिनुका साथै सोहि अवधिको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको निर्णयले भए गरेका गरेका सम्पूर्ण कार्यहरुको अनुमोदन पनि गरिनेछ ।

त्यस्तै २०७७/७८ को नीति, कार्यक्रम, बजेटमाथि छलफल गरी पारित गरिनेछ, भने लेख परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
सभामा प्रमुख कार्यकारीको पारिश्रमिक तथा संचालक समितिको सुविधा पनि तोकिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

महासंघकाे महासंग्रामः केन्द्रीय सदस्य उम्मेदवार बाेदनाथ दवाडीसँग कुराकानी। FNCCI Election। Bodhnath

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको