Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापुले ल्यायो अर्को ठुलो अफर, मङ्सिर १२ गते ब्ल्याक फ्राइडे सेल

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १४ : ४१ मा प्रकाशित

ग्यापुले ल्यायो अर्को ठुलो अफर, मङ्सिर १२  गते ब्ल्याक फ्राइडे सेल

अर्थ संसार, काठमाडौं - लोकप्रिय नेपाली इ कमर्श ग्यापु मार्केटप्लेसले मङ्सिर १२ गते शुक्रबार ब्ल्याक फ्राईडे घोषणा गरेको छ । जस अन्तर्गत होम अप्लाइन्स र विभिन्न प्रकारका अल्कोहल खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।

माछापुच्छ्रे बैकंसँगको सहकार्यमा ग्यापुले बैकंको प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको २० प्रतिशत क्यासब्याक दिने बताइएको छ । त्यस्तै  एनआईसि एसिया बैंक र प्रभु पेको सहकार्यमा २० प्रतिशत क्यासब्याक दिइने छ ।

त्यस्तै ग्यापुले ब्ल्याक फ्राईडे ज्याकपट पनि ल्याएको छ जसको भाग्यशाली बिजेताले ग्यास गिजर र होम थिएटर नि:शुल्क पाउने ग्यापुले जनाएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाल एप वा कम्पनीको  वेबसाइट gyapu.com मार्फत अर्डर गर्न सक्नेछन् । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आईपिएस र ई सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् भने  डेलिभरीकै बेला विश्वभरका जुनसुकै बैकंका डेबिट र क्रेडिट कार्ड स्वाइप गर्न सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको