Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया क्यापिटलको खुल्लामुखी म्युचुअल फन्ड आजदेखि खुल्यो

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, १७ : १६ मा प्रकाशित

एनआइसी एशिया क्यापिटलको खुल्लामुखी म्युचुअल फन्ड आजदेखि खुल्यो

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाई आज (शुक्रबार) बाट खुल्ला भएकाे छ ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई छुट्याइएको छ भने बाँकी ४ करोड २५ लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिनेछ । जसमध्ये पहिलो चरणमा १ करोड २५ लाख इकाई  सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यस खुलामुखी योजनामा छिटोमा मंसिर १६ गते र ढिलोमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको