अर्थ संसार, काठमाडौं - श्वेत गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनिको मङ्सिर १२ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा पौष ७ गते मंगलबार अकामा होटेल, धुम्बाराही ४, काठमाडौंमा अपराह्न ३ बजे सुरु हुनेछ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ साल आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसम्बन्धी अनुसुचिहरु छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी २०७७.७८ को लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस