Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १२ : २५ मा प्रकाशित

सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार, काठमाडौँ - आज (आइतबार) नेपाली बजारमा सुनकाे मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो । आइतबार छापवाला  सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

शुक्रबार छापवाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा काराेबार भएको थियो ।

यस्तै, शुक्रबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतबार ताेलाकाे ६ सय रूपैयाँले घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी, आइतबार चाँदीकाे मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले गिरावट आएको छ । चाँदी आज प्रतिताेला एक हजार एक सय ५० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

शुक्रबार चाँदी प्रतिताेला एक हजार एक सय ६५ रूपैयाँमा काराेबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको