Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रिडी हाइड्रोपावरको सेयरमूल्य समायाेजन

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, ०८ : ०६ मा प्रकाशित

नेप्सेमा रिडी हाइड्रोपावरको सेयरमूल्य समायाेजन

अर्थ संसार, काठमाडौं – रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे ५ प्रतिशत बाेनस शेयर पछि प्रतिकित्ता १६८ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरिएको हाे । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य १७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको १९औं वार्षिक साधारण सभा मंसिर २६ हुँदैछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीकाे सेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिनेछ । 

उक्त लाभांश साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको