Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो ? हेर्नुहोस्

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, १२ : २२ मा प्रकाशित

सोमबार पनि घट्यो सुनको मूल्य, कति पुग्यो ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौँ - पछिल्लाे समय नेपाली बजारमा सुनकाे मूल्यले निरन्तर ओरालो यात्रा तय गरिरहेको छ  । साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य ओरालो लागेको छ । 

साेमबार छापवाला सुन प्रतितोला ७ सय रुपैयाँले घटेर  प्रतिताेला ९० हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार छापवाला  सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा काराेबार भएको थियो ।

यस्तै, साेमबार तेजावी सुनको भाउ पनि ताेलाकाे ७ सय रूपैयाँले नै घटेर प्रतितोला ८९ हजार ५ सय रूपैयाँ कायम भएको छ ।

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय २० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । आइतबार चाँदी प्रतिताेला एक हजार एक सय ५० रूपैयाँमा काराेबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको